काठमाण्डौ । विघटित प्रतिनीधिसभा सांसद तथा पुर्व मन्त्री महेश बस्नेत एकता हुनुपर्छभन्दै बामदेवको पक्षमा देखिएका छन् । उनले नेकपा रहे सिंगो देश, जनता र नेकपाकै कार्यकर्ता पनि रहने बताउँदै बामदेवले चालेको एकता अभियानको पक्षमा आफुलाई उभ्याएका छन् । पार्टी एकताको माग गर्दै पहिलो पटक प्रधानमन्त्री ओलीको खुलेर विरोध मात्रै गरेनन् ओलीलाई सुध्रिन चे ता व नि समेत दिएका छन् । नेता बस्नेत प्रधानमन्त्री निकटस्थ मानिने नेता मध्यका एक हुन् ।
बस्नेतले ओलीको विरुद्धमा पहिलो पकट आफ्नो मुख खोलेका छन् । सर्वोच्चले प्रतिनीधिसभा पुनःस्थापनाको फैसला गरेको केही दिनमा महेश बस्नेतले प्रम ओलीकै पक्षमा आफ्ना भनाई र विचार राख्दै आएतापनि यतिखेर भने नेकपाप्रति चिन्ता व्यक्त गर्दै आफुले मान्दै आएको नेता ओलीलाई नै नेकपा फुट्नुको प्रमुख जिम्मेवार व्यक्ति ठह्रयाएका छन् ।
नेता बस्नेतले भनेका छन्,‘पार्टीमा जर्बजस्ती आफ्ना भनाई लागु गर्न खोज्ने, आफ््ना मात्रै विचारहरु लादेर पार्टीलाई अघि बढाउन चाहाने, केपी ओली एकदमै अटेरी हुनुहुन्छ, कसैका कुरा सुन्नु हुँदैन, सबैलाई पेलेर नै लैजान सक्छु भन्ने भावना छ, जे मन लाग्यो त्यही गर्नु हुन्छ ।’ नेता बस्नेतले प्रचण्ड र माधवको पनि पार्टीप्रतिको चरित्रलाई विश्लेषण गर्दै नेकपा फुटाउनमा ओलीसंगै यी दुई नेताको हात रहेको बताए ।
जनताले २ तिहाई दिएर पठाएको नेकपा फुट्नुमा केपी ओली, प्रचण्ड र माधवको धेरै ठूलो हात भएको उनले बताएका छन् । नेता बस्नेतले प्रधानमन्त्री ओलीलाई पार्टीका निम्ति आफ्ना चरित्र र छवी नसुधारे उनका विरुद्ध आन्दोलन गरिने पनि चे ता व नि दिएका छन् । उनले अब जनताले नै केपी ओलीलाई नछोड्ने चे ता व नि दिएका हुन् ।
उनले भने,‘यदि केपी ओलीले आफ्नो द म्भ मा अडिएर पार्टी औपचारिक रुपमै विभाजित हुने स्थिति बन्यो र यो मुलुकसंगसंगै नेपाली जनताको भविष्य तुषारापात गर्नु भयो भने तपाईँको विरुद्ध सिंगो जनमत उभिन्छ र सबै कार्यकर्ताहरु लाग्नेछन् ।’ भिडियोसहित






