एजेन्सी । लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको ज्या न लि ने प्रयास भएको छ । राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अ ज्ञात ब न्धुक धा रीले गो ‘ली च ला एको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिन गन प्रयोग गरेर आ क्र म ण गरेका थिए । मन्त्री बाशाघाका अंगरक्षकले प्रतिकारमा गो’ ‘ली चलाएका थिए जसबाट एक जना ब न्दुध का रीको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना पक्राउ परेका थिए ।
सन् २०११ मा लिबियाका तत्कालीन नेता मोउमर गद्दाफीको शासन पतन भएयता लिबियामा असुरक्षा र अस्थिरता व्याप्त छ । एजेन्सी ।






