काठमाडौ । कांग्रेस नेता एवं पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीलाई म’स्तिष्का’घा’त भएको छ। जोशीलाई बिहीबार राति स्वास्थ्यमा समस्या देखिएको थियो ।त्यसपछि उनलाई वीर अस्पतालमा लगिएको उनको परिवारले जनाएको छ ।
‘राति १२ बजे समस्या देखिएपछि वीरमा लग्यौं, अहिले नर्भिकमा ल्याएका छौं, ब्रेन ह्यामरेज भएको रहेछ,’ जोशीका दाजु एवं कांग्रेस नेता राजुराज जोशीले बताए । चिकित्सकका अनुसार जोशीको म स्तिष्क’मा जमेको र ग त सफा गर्ने काम अ’परेशनका क्रममा गरिनेछ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै जोशीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जोशी उद्योग मन्त्री हुँदा रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका हुन् । उनका पालामा थुप्रै औद्योगिक अवरोधहरु हटाइएको थियो । कानुनी सुधार पनि गरिएको थियो ।






