काठमाडौ । स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले भ्रष्टाचार विरुद्ध सामाजिक अभियान संचालन गर्दै हिंडेका ज्ञानेन्द्र शाहीको मुख बन्द गरिदिएका छन् । उनको बोल्ने र आरोप लगाउने शैली प्रति असन्तुष्टि जनाउँदै मन्त्रीले अभियन्ता शाहीलाई चुप्प लागेर बस्नभन्दै कुनैपनि प्रकारको प्रश्न सोध्नै दिएनन् । स्वास्थय क्षेत्रमा भइरहेका अनियमितता र भ्रष्टाचारका बारेमा तयार पारिएको रिपोर्ट लिएर मन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका शाहीलाई मन्त्री त्रिपाठीले ‘तिमी बच्चा नै छौ बुझेर मात्र आऊ’ भनेपछि शाहीको मुख बन्द भएको थियो ।
सबैलाई आफ्नै शैलीमा थर्काउँदै हिंडेका शाही जब स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीको फेला परे तब उनको त्यही शैलीमा मन्त्रीलाई प्रश्न सोध्ने प्रयास नाकाम नै रह्यो । शाहीले मन्त्रीसंग कुरा गर्दा उ त्ते जनापूर्ण तरिकाले बोल्न थालेपछि मन्त्रीले पनि उनलाई रोक्ने कोशिष गरेका थिए । उनले आफु पनि भ्रष्टाचारमा शुन्य सहनशिलताको सिद्धान्त लिएर मन्त्रालयमा रहेका कारण त्यसमा आफु गम्भिर भएको बताएका थिए । उनले भ्रष्टाचार र अनियमितता छानविन र अनुसन्धान गर्ने निकाय भएकाले त्यसैवाट अनुसन्धान गर्ने पनि बताएका छन् ।
ज्ञानेन्द्र शाहीको समुहले मुलुकका विभिन्न स्वास्थ्य संस्थामा पुगी त्यहाँ देखिएका अनियमितताका बारेमा रिपोर्ट तयार पारेको जनाएको छ । मुलुकका विभिन्न सरकारी अस्पताल र स्वास्थ्य संस्थामा देखिएका सुधार गर्नुपर्ने अवस्थाका बारेमा मन्त्रालयलाई ध्यानाकर्षण समेत गराइएको छ । ज्ञापनपत्र बुझाएपछि म केही प्रश्न सोध्छु भनेर ज्ञानेन्द्र शाहीले म सामान्य नागरिक हुँ भनेर औंला उठाउँदै बोल्न खोजेपछि मन्त्री जंगिएका थिए ।
ज्ञानेन्द्र शाहीले अन्य क्षेत्रमा बोलेजस्तै अलि उग्र तरिकाले प्रश्न गर्न खोजेका थिए । तर मन्त्रीले आफु भ्रष्टाचार विरुद्धको विषयमा डिग्री लिएको र सार्वजनिक लेखा समिती, महालेखाको वार्षीक प्रतिवेदनमा पनि २०४८ साल देखि नै सहभागी भएकाले यो विषयमा निकै जानकार भएको बताएका छन् । तर स्वास्थ्य मन्त्रालयमा आएको धेरै समय नभएकाले सुधारको लागि आफु खटेर लागेको बताएका छन् । भिडियोसहित






