एजेन्सी । करिना कपुर खान पुनहः एकपटक आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिएकी छन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित थिए । श्रीमती करिनाले फेरीपनि छोरालाई जन्म दिएकोमा सैफअली निकै नै खुशी देखिए ।
करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा उनलाई हौसला प्रदान गर्नकोलागी गएका थिए । करिनाले फेरीपनि छोरा जन्माएपछि उनका सबै आफन्तहरु एकअर्कामा खुशी साँटासाँट गरिरहेका थिए ।
करीना आफ्नो गर्भावस्थाको अवधिमा धेरै सक्रिय थिइन् । उनी शारीरिक रूपमा पनि सक्रिय रही घुमिरहेकी थिईन् । करीनाले सामाजिक सञ्जालमार्फत आफ्ना कार्यको अपडेटहरू शेयर गरिरहन्थिन् । करीनाले साँझ इन्स्टामा उपहारका दुई फोटोहरू शेयर गरेकी थिईन् ।
करीनाले सन् २०१६ मा छोरा तैमूरलाई जन्म दिएकी थिईन् । सैफ अली खान भने चौथो पटक बुबा बनेका छन् । उनको पहिलो विवाह अमृता सिंहसँग भएको थियो । पहिलो श्रीमती अमृताबाट सैफअलीका दुई सन्तान छन् । छोरी सारा अली खान र छोरा इब्राहिम अली खान ।






