काठमाडौ । पूर्वयुवराज पारस शाहलाई आफ्नो परिवारको साथमा भएको तस्बिर सार्वजनिक भएपछि त्यसको अहिले निकै चर्चा भएको छ । धेरैले त्यसलाई सकारात्मक रुपमा लिएका छन् । परिवारसंग लामो समय टाढा रहेका पारस पुर्व रानी कोमल शाहको जन्मदिनको अवसरमा झापाको एक होटलमा राजपरिवार सँगै देखिएका हुन् ।
उनी आमालाई जन्मदिनको शुभकामना दिन झापा पुगेका थिए । थाइल्याण्डवाट नेपाल आएपछि पनि एक्लै बस्दै आएका पारस धेरै समय पोखरामा विताउँछन् । उनको ब्यक्तिगत स्वभावका कारण परिवारवाट टढा भएको बताइएको छ । हिमानीसंगको स म्ब न्ध मा विगत एक दशक देखि नै वि ग्रि ए को बताइएको छ । थाइल्याण्डमा रहँदा कनिकासंग नजिकिएका कारण उनी परिवारवाट टाढिएका थिए ।
नेपालमा आएपछि पनि उनी युट्युवर तथा मोडर सोनिका रोकायासंग नजिकिएका थिए । सोनिकाले सार्वजनिक रुपमै आफुले पारसलाई विवाहको प्रस्ताव राखेको र पारसले अस्विकार गरेको बताएकी थिइन् । युट्युवमा दोहोरो अर्थ आउने शब्द प्रयोग गरेर कार्यक्रम बनाउने सोनिका चर्चित थिइन् । तर त्यस्ता कार्यक्रमले विवादित बनेपछि भने उनले अब आफु सुध्रिएको र त्यस्तो काम नगर्ने बताउने गरेकी थिइन् ।
त्यसका लागि पारसले आफुलाई प्रेरित गरेको पनि उनको भनाई थियो । राम्रो वाटोमा लाग्न आफुलाई पारसले प्रेरित गरेको उनको भनाई थियो । त्यसपछि उनीहरु धेरैजसो संगसंगै देखिन्थे । तर, उनीहरु अहिले अलग भइसकेका छन् । कोमलको जन्मदिनमा पारसलाई उनको परिवारसंग भएको तस्बिर सार्वजनिक भएपछि सोनिकाले पनि प्रतिकृया दिएकी छन् ।
पारश हिमानीको स म्ब न्ध सुदृढिकरणमा आफूले भुमिका खेल्ने बताउदैँ आएकि सोनिकाले अहिले भने दुईजना सँगै देखिएपछि प्रतिक्रिया दिएकी हुन् ।समाजिक संजालमा पूर्वराजपरिवारको तस्बिर भाइरल भएपछि धेरैले ठट्यौलि शैलिमा सोनिकालाई निमन्त्रणा नभएको भन्दै मजाक गरेका थिए । यता, सोनिकाले भने आफू खुशी भएको भन्दै सामाजिक संजाल फेसबुक स्टोरी हालेकि छिन् ।






