एजेन्सी । रुबीना दिलाइक बिग बोस सिजन १४ को विजेता बनेकी छन् । १४० दिनसम्म चलेको बहस, झ ग डा र ड्रा मापछि रुबीना विजेता बनेकी हुन् । रुबीना बिग बोस शुरु भएदेखि नै दर्शकको मनमा बसेकी थिईन् । उनको बो ल्ड प्रस्तुती र कोमल हृदयका कारण रुबीनालाई बिग बोस १४ को विजेता बनाउनकोलागी देशैभरीबाट मात्र नभई उनलाई माया गर्ने उनका दर्शकहरु जो संसारका हरेक देशमा रहेका छन् ती सबै ठाउँहरुबाट भोट गरेका थिए ।
यतिसम्म की बिजेता रुबीनाको तारिफ त बिग बोसका होस्ट सल्मान खानका परिवारका सदस्यले समेत गरेका थिए । विशेषगरी सलमान खानकी आमा र बहीनीले रुबीनालाई बिग बोसको विजेता हुनकोलागी योग्यको भनेका थिए । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् ।
अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । टप टुमा रुबीना र राहुल पुगेका थिए । यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन् । तर निक्कीले पैसाभन्दा पनि बिग बोसलाई माथि राखिन् ।
फिनालीमा ५ सिजन अघि बिग बोसमा वाइल्ड कार्ड इन्ट्री पाएकी नोरा फतेहीले हिट डान्स नम्बरमा आफ्नो प्रस्तुती दिएकी थिइन् । शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो ।






