काठमाण्डौ । ब ला त्का रका घटनाहरु हाम्रो समाजमा घटिरहंदा केहीमा सरकारको ध्यान गएको देखिन्छ भने केहीमा त्यस्ता घटनाहरुले वर्षौंसम्म पनि न्याय पाउन सकेको देखिंदैनन् । पछिल्लो समयमा त देशैभरी यस्ता घटनाहरुको घट्ने क्रम निकै नै तिब्र देखिन्छ । यो कुनै एउटा जिल्ला या गाउँपालिका या त वडाको मात्र नभएर सिंगो देशमा नै यस्को ड र लाग् दो रुप हुँदैछ । बालकीदेखि बृद्धसम्मको ब ला त्का र को टनाले यतिबेला देशको कानूनी प्रशासनमा नै प्रश्न उब्जाएको छ । विशेषगरी यस्तो घटनामा आफन्त या चिनेजानेकाहरुको संलग्नता रहेको देखिन्छ ।
वि. संंं. २०७४–७५ मा १ हजार ६ सय ७४ वटा ब ला त्का रका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति सं लग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति सं लग्न देखिए । २०७५–७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार ७३ वटा चिनेजानेकै र ५ सय ३२ वटा चिनजानबाहिरका व्यक्तिको सं लग्नता भेटियो । २०७६–७७ मा २ हजार ४ सय ४९ वटा ब ला त्का रका घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटा चिनेजानेकै व्यक्ति सं लग्न भएको पाइयो ।
२०७७–७८ मा १ हजार ४ सय २७ वटा घटना प्र्हरीमा दर्ता भएका छन् । यी घटना पनि चिनेजानेकै व्यक्ति बढी सं लग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजाने कै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति सं लग्न देखिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।






