काठमाडौ । कोरोना महामारी (कोभिड १९)ले जनमानसमा ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्ने सिकायो र सेनिटाइजर प्रयोग गर्न नजान्दा यसले मानिसको स्वास्थ्यलाई पनि असर पर्छ भन्ने कमैलाई थाह छ । कोभिड संक्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको लागि ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो छाला रोग विशेषज्ञ डा.मेलिना अमात्यको भनाईमा सेनिटाइजरको प्रयोग गर्दा संवेदनशील हुनु पर्छ ।
‘सेनिटाइजर रसायनलाई निश्चित मापदण्ड तथा अल्कोहलको प्रयोग गरेर यसलाई बनाइन्छ । सेनिटाइजरले हाम्रो स्वास्थ्यलाई राम्रो मात्रै गर्दैन । कतिपय अवस्थामा हानी पनि गर्छ ।’ डा. आमात्य भन्छिन् । सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको बताईन् । हातमा भएको ससाना कीटाणु मार्ने काम सेनिटाइजरले गर्छ । त्यसैले हात फोहोर भएको बेला सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजरलाइ हातमा लगाएपछि करिब २० सेकेन्डसम्म राम्ररी दलेपछि मात्र कीटाणु मर्छ ।
सेनिटाइजरको अत्याधिक प्रयोगले छालासम्बन्धी समस्या देखिनुको साथै छालालाई सुख्खा र एलर्जी गराउँने पनि उनले प्रष्ट पारिन् । यसमा अल्कोहलको मात्रा हुने भएकाले बच्चाको स्वास्थ्यमा असर गर्छ त्यसले बालबालिकालाई सके सम्म कम सेनिटाइजर प्रयोग गर्न ड. अमात्यले सुझाव दिईन् । कोभिडको डरले अत्याधिक मात्रामा सेनिटाइजर प्रयोग गरेर विभिन्न एलर्जी भएर आफू कहाँ विरामी आएको डा. बताईन् ।






