दाङ । परीक्षाको नतिजामा विद्यार्थीले शुन्य र एक नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थी कु ट् दा विद्यार्थीलाई उठ्न बस्न नै गा ह्रो भएपछि पेन किलर खाएर निको हुनु परेको थियो । यो दाङको खबर हो । दाङको एक विद्यालयमा शिक्षकले बिद्यार्थीलाई कु ट् दा उनीहरुलाई उठ्न र बस्न गा ह्रो भएपछि आफुहरुले पेन किलर खाएको विद्यार्थीहरुले बताएका छन् ।
दाङको देउखुरी राजपुर ७ माध्यममिक विद्यालय सिक्टाका विद्यालय शिक्षक हेमराज विकले विद्यार्थीहरुले परिक्षाको नतिजामा शून्य र एक ल्याएको भन्दै विद्यार्थी कु टे का थिए । उनले विद्यार्थी कु ट् दै गरेको त्यस्तो भिडियो सार्वजनिक भएपछि विद्यार्थीको अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।
अभिभावकले दिएको उजुरीको आधारमा ति शिक्षक हेमराज अहिले पक्राउ परेका छन् । परिक्षामा राम्रो अंक नल्याएको भन्दै शिक्षकले त्यसरी या त ना दिएको बताइएको छ । भिडियोमा पनि जिरो नम्बर ल्याउने को हो ? एक नम्बर ल्याउने को हो ? भन्दै उनले बोलाएको सुनिन्छ ।
उनले एक किशोरी र अर्का एक किशोरालाई ल ठ्ठी ले हा ने को देख्न सकिन्छ । किशोरीले आफु निकै टाढावाट विद्यालय आउनु पर्ने र शिक्षकले पनि त्यस्तो गर्दा आफुलाई पढ्न मन नलागेको बताएकी छन् ।






