काठमाडौ । नायीका श्वेता खड्का अहिले माझि बस्तिको विषयमा निकै नै ट्रोल बनिरहेकी छन् । उनले श्वेता श्री फाउण्डेशन मार्फत निर्माण गरेको सिन्धुपाल्चोकको माझी बस्ती बनाउँदै गर्दा बीचमा अधुरै छोडेको भन्ने विषयलाई लिएर उनी ट्रोल बनिरहेकी छन् । यो विषयमा मिडियामा श्वेताको बारेमा अनेक कुराहरु सार्वजनिक भईरहंदा श्वेताले भने कुनै औपचारिक रुपमा केही बोलेकी थिईनन् । तर एक अन्तरवार्तामा भने उनले मुख खोलेकी छन् ।
आफुले जन्माएर हुर्काउदै गरेको माझी बस्तीका बारेमा केही मिडियाहरुले नकारात्मक टिप्पणी गर्दा आफुलाई भन्दा पनि माझी बस्तीलाई असर पर्ने बताएकी छन् । उनले फिल्ममा भिलेन हुँदा फिल्म जति रोचक हुन्छ त्यस्तै माझी बस्तीका बारेमा टिकाटिप्पणी गरेर आफ्नो जिवन र माझी बस्तीलाई रोचक बनाएको टिप्पणी गरिन् । उनले नामै नचलेका युट्युवहरुले मेरो र सहयोग गर्नेहरुबीच भ्रम फैलाउने काम गरेको बताएकी छन् ।
उनले फाउण्डेशनमा आएर कसैले पनि बुझ्ने कोशिष नगरेको बताएकी छन् । माझी बस्ती निर्माणको ९० प्रतिशत काम सकिएपछि उनी माथि नकारात्मक टिप्पणी आएका छन् । उनलाई ब्यक्तिगत जिवनसंग जोडेर पनि टिप्पणी गरेकोमा उनलाई दुख लागेको बताइन् । उनले त्यसरी भ्रम फैलाउनेहरुका बारेमा बोल्नुभन्दा पनि कामवाट जवाफ दिन चाहेको भएपनि नकारात्मक टिप्पणी गर्न नछोडेपछि अब भने आफु चुप लागेर नबस्ने बताएकी छन् ।
आफु माझी बस्ती जाँदा भुकम्पले घरवार विहिन भएकाहरु एउटा सानो झुपडीमा ६, ७ जना बसेको देखेकी थिइन् । उनीहरुले हामी आफै बस्ती बनाउँछौ तपाईहरुले नेतृत्व गरिदिनु भनेर आग्रह गरेका कारण त्यसमा आफु लागेको बताएकी छन् । उनले वस्ती निर्माण गर्दा एक रुपैया पनि हिनामिना गरेको भए कारवाही सहने बताएकी छन् ।






