एजेन्सी । अभिनेता सुशांत सिंह राजपूतको निधनको ८ महिना पछि उनका मिल्ने साथी संदीप नाहरको पनि रहस्यमय निधनले फेरी एक पटक बलिउड शोकमा डुवेको छ । सन्दीपले मर्नु अघि भिडियोमा आफु मर्नुको कारण खुलाएका छन् । उक्त भिडियोमा सन्दीपले श्रीमती कंचनलाई धेरै आरोप लगाएका छन् ।
उक्त भिडियोमा संदीपले श्रीमती कंचनले आफुसंग धेरै झ ग डा गर्ने गरेकोले आफुले त्यो झगडा सहन नसकेको बताएका छन् । श्रीमती कंचनले पुराना कुराहरू उठाएर असाध्यै निहुँ खोजी रहेन जस्ले गर्दा आफुलाई मानसिक तनाव भएको उनले भिडियोमा बताएका छन् । सन्दीपले दिनभरी फिल्मको काम सकेर थाकेको अवस्थामा पनि उनलाई घर जान मन नलागेको बताएका छन् ।
संदीपको शव गोरेगाउँमा उनको घरमा भेटियो । सन्दीपको मृत्यु हुनु अघि, उनले आफ्नो आधिकारिक फेसबुक खाताबाट एक भिडियो साझा गरे जसमा उनले उनको मृत्युको कारण वर्णन गरेका छन् । यस तथ्यलाई ध्यानमा राख्दै यो घटना देह त्याग भनेर अनुसन्धान सुरु गरिएको छ ।
अब पुलिस निधनको कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्टको लागि कुर्दै छ। मंगलबार, संदीपका बुबा र भाई उत्तर प्रदेशबाट आउँदैछन् । उनीहरूको बयान रेकर्ड गरे पछि मात्र पुलिसले घटनामा थप कदम चाल्ने छ ।
संदीप नाहरको मृत्यु एकदम आश्चर्यजनक छ । उनले भिडियो रेकर्ड गर्दा गर्दै प्रहरीले जानकारी पाएको थियो । त्यती नै बेला प्रहरीले पनि उनीसँग सम्पर्क गर्न खोजे तर त्यसबेला सम्म संदीपको मृत्यु भएको थियो । उनी अभिनेता अक्षयसंग ‘केसरी’ र ‘एमएस धोनी’ मा सुशान्तका साथमा देखीएका थिए ।
मंगलबार, श्रीमती कंचन शर्मा र उनका साथीले संदीप नाहरलाई बे हो श अवस्थामा भेट्टाए । उनीहरुले एसभीआर अस्पताल लगे । उनलाई अस्पतालमा मृ त घोषित गरियो । उनले सार्वजनिक गरेको भिडियोमा आफुले यस्तो निर्णय गर्नुको कारण श्रीमती भएको बताएका छन् । भिडियो






