एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाली संसद भवनमा काम गर्ने एक युवतीसँग मा’फी मागेका छन् । ती महिलाले प्रधानमन्त्री सामू संसद भवनमा आफूमाथि ब’ला’त्का’र गरिएको भनी नाम नखुलाएर एकजना व्यक्तिमाथि आ’रो’प लगाएपछि प्रधानमन्त्री मरिसनले उनीसंग मा’फी मागेका हुन् ।
प्रधानमन्त्रीले यो मामिलामा अनुसन्धानको आदेश पनि दिएका छन् । २६ वर्षीया युवतीले मार्च २०१९ मा रक्षामन्त्री लिन्डा रेनोल्ड्सको कार्यालयमा उनको ब’ला’त्का’र भएको र दो’षी मोरिसनको सत्ताधारी लिबरल पार्टीका वरिष्ठ कार्यकर्ता भएको आ’रो’प लगाएकी छिन् ।
स्थानीय मिडियासँगको कुराकानीमा युवतीले भनिन्, ‘मैले अप्रिल २०१९ मा प्रहरीसँग यसबारे कुरा गरेकी थिएँ तर त्यतिबेला आफ्नो जागिरको चि’न्ता गर्दै मैले सबैभन्दा पहिला कार्यालयमा नै यसबारे ऊ’जु’री दिन्छु भनेर निर्णय लिएँ । मलाई मेरो जागिर जाने हो कि भन्ने चि’न्ता थियो ।’
स्थानीय प्रहरीले युवतीको यो दाबी पुष्टि गरेका छन् र उनले त्यतिबेला ऊ’जु’री दर्ता नगरेर कार्यालयमा नै आधिकारिक रुपमा यसबारे ऊ’जु’री गर्ने निर्णय लिएको जानकारी दिए । युवतीका अनुसार आफूले रक्षामन्त्रीको कार्यालयलाई यस घटनाबारे पूरा जानकारी दिएको तर जुन कोठामा उनीमाथि ब’ला’त्का’र भयो त्यहाँ आरोपीसँग छलफल गरिएको र कुरा यत्तिकै सेलायो ।
सोमबार रेनाल्ड्सले उनले अघिल्लो वर्ष नै यसबारे जानकारी पाएको तर यो मामिलामा युवतीलाई प्रहरीमा ऊजुरी दिने नदिनेबारे कुनै दबाब नदिएको उनले स्पष्ट पारिन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो घटनाका लागि आधिकारिक रुपमा युवतीसँग मा’फी मागेका छन् र यसका लागि अनुसन्धानको आदेश दिएका छन् ।
मंगलबार उनले भने, ‘पहिलो कुरा त यस्तो हुनै हुँदैनथ्यो । तर जे भयो, म त्यसका लागि माफी माग्छु । महिला आफ्नो कार्यालयमा सुरक्षित होउन् भन्ने कुरालाई हामीले सुनिश्चित गर्नुपर्छ । आजको समयमा पनि महिलाले यस्तो स्थितीको सामना गरिरहेको छन् भन्ने कुराले निकै चि’न्ति’त तुल्याएको छ ।’
स्थानीय मिडियालाई विश्वास गर्ने हो भने यो घटनाको विषयमा प्रधानमन्त्री स्कट मोरिसनमाथि का’र’वा’ही गर्नका लागि द’बा’ब दिइएको थियो किनभने यसअघि पनि लिबरल पार्टीभित्र महिलासँग दु’र्व्य’व’हा’रको ऊ’जु’री परेको थियो ।






