बाँके । लामो समयको प्रतिक्षापछि अन्ततः नेपालगञ्जको भेरी अस्पतालमा एमडी÷एमएस विषयको पढाई सञ्चालन गर्न बाटो खुलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीबीच सम्झौता भएसँगै अस्पतालमा एमडी÷एमएस विषयको पढाई सञ्चालन गर्न बाटो खुलेको हो ।
‘भेरी र न्याम्सबीचको यो सम्झौता पत्रलाई एकेडेमिक काउन्सिलको बैठकमा पेश गरिएको छ । डा. सुवेदीले भन्नुभयो,‘यो सम्झौताले एमडी÷एमएस अध्यन गर्न चाहाने विद्यार्थीलाई सहज वातावरण श्रृजना गर्नेछ । २१ गते न्याम्सको सिनेटले पनि यस विषयमा निर्णय गर्नेछ ।’ न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
तीन वर्ष अघि तत्कालीन मेसु डा. प्रकाश बहादुर थापा र तत्कालीन उपकुलपति गणेश गुरुङबीच पनि भेरी अस्पतालमा एमडी एमएस अध्ययनका लागि सम्झौता भएको थियो । त्यही अनुसार भेरी अस्पतालका तत्कालीन अर्थोपेडिक विभाग प्रमुख डा. विनोद थापालाई प्रोफेसर बनाइएको थियो । थापा तथा अर्थोपेडिक सर्जनद्वय तिर्थेन्द्र खड्का र प्रकाश बहादुर थापाको अण्डरमा रहने गरी न्याम्सले ८ जना विद्यार्थी अध्ययनका लागि भेरीमा पठाएको थियो ।
तीन सय वेडमाथिका संघीय अस्पतालहरुमा पिजी कार्यक्रम सञ्चालन गर्ने नेपाल सरकारको नीति छ । सिनेटले सम्झौता पारित गरे भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुले फ्याकल्टी पोष्ट प्राप्त गर्नेछन् । ‘भेरी अस्पतालको गुणस्तरीय सेवा प्रवाहलाई सकारात्मक प्रभाव पार्नका निमित्त पनि अस्पतालमा शैक्षिक, गतिविधिलाई बढाउन आवश्यक छ । उहाँले भन्नुभयो,‘यो सम्झौताले मापदण्ड पूरा गरेका कन्सल्टेन्ट चिकित्सकहरुले प्राध्यापक, सह–प्रध्यापक लगायतका पोष्टहरु पाउनेछन् ।’ त्यसैको आधारमा न्याम्सले एमडी÷एमएस अध्ययनका लागि भेरी अस्पताललाई विद्यार्थी संख्या पठाउनेछ ।
तीन वर्ष अघि तत्कालीन मेसु डा. प्रकाश बहादुर थापा र तत्कालीन उपकुलपति गणेश गुरुङबीच पनि भेरी अस्पतालमा एमडीरएमएस अध्ययनका लागि सम्झौता भएको थियो । त्यही अनुसार भेरी अस्पतालका तत्कालीन अर्थोपेडिक विभाग प्रमुख डा. विनोद थापालाई प्रोफेसर बनाइएको थियो । थापा तथा अर्थोपेडिक सर्जनद्वय तिर्थेन्द्र खड्का र प्रकाश बहादुर थापाको अण्डरमा रहने गरी न्याम्सले ८ जना विद्यार्थी अध्ययनका लागि भेरीमा पठाएको थियो ।
तीन सय वेडमाथिका संघीय अस्पतालहरुमा पिजी कार्यक्रम सञ्चालन गर्ने नेपाल सरकारको नीति छ । सिनेटले सम्झौता पारित गरे भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुले फ्याकल्टी पोष्ट प्राप्त गर्नेछन् । ‘भेरी अस्पतालको गुणस्तरीय सेवा प्रवाहलाई सकारात्मक प्रभाव पार्नका निमित्त पनि अस्पतालमा शैक्षिक, गतिविधिलाई बढाउन आवश्यक छ ।ु उहाँले भन्नुभयो,‘यो सम्झौताले मापदण्ड पूरा गरेका कन्सल्टेन्ट चिकित्सकहरुले प्राध्यापक, सह–प्रध्यापक लगायतका पोष्टहरु पाउनेछन् ।’ त्यसैको आधारमा न्याम्सले एमडी÷एमएस अध्ययनका लागि भेरी अस्पताललाई विद्यार्थी संख्या पठाउनेछ ।






