बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित उदयपुर स्वास्थ्य चौकी वर्ष उत्कृष्ट घोषित भएको छ । नगरका २३ वडाका स्वास्थ्य संस्था मध्ये उदयपुर स्वास्थ्य चौकीले प्रभावकारी सेवा प्रदान गरेको हुनाले वर्ष उत्कृष्ट स्वास्थ्य चौकी भएको हो ।
स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा उदयपुर स्वास्थ्य चौकी गत आर्थिक बर्ष २०८०÷०८१ मा प्रथम भएको हो । अघिल्लो बर्ष उदयपुर दोस्रो स्थानमा थियो । यस्तै वडा नम्बर २० स्थित मनिकापुर स्वास्थ्य चौकी दोस्रो भएको छ ।
यसैगरी सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्र मध्ये वडा नम्बर ६ पहिलो र वडा नम्बर २ दोस्रो भएका छन् । आर्थिक बर्ष २०८०÷०८१ मा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको समापनमा उप–प्रमुख कमरुद्दिन राईले उत्कृष्ट स्वास्थ्य चौकी र सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्रका प्रमुखहरुलाई सम्मान एवम् पुरस्कृत गर्नु भएको थियो ।
दुई दिनसम्म चलेको गोष्ठीमा नगरका सबै स्वास्थ्य संस्थाले कार्य प्रगति प्रस्तुत गरेका थिए । गोष्ठीमा स्वास्थ्य संस्थाहरुले गरेको प्रस्तुतिकरणका आधारमा नगरका मुख्य स्वास्थ्य समस्याहरु पहिचान गरी कार्ययोजना समेत बनाइएको छ ।
चार वटा समूहमा विभाजन गरेर कार्ययोजना बनाइएको थियो । उच्च मातृ शिशु मृत्युदर, घरमा हुने सुत्केरी, अन्तिम खोपको प्रगतिमा कमी र गर्भवती महिलाको नियमित स्वास्थ्य जाँचलाई मुख्य समस्याको रुपमा चित्रण गरिएको ।स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले बताउनुभयो ।






