एजेन्सी । एक युवकले एउटा प्रेमिकाको गहना चोरेर अर्की युवतीलाई प्रेम प्रस्ताव राखेको खुलेको छ । ति पुरुषले सामाजिक सञ्जाल फेसवुक मार्फत दुई युवतीसंग प्रेमको नाटक गरेको खुलेको हो । यो घटना अमेरिकामा भएको हो । जब एक युवतीले आफ्नो प्रेमीले अर्कैसंग एंगेजमेन्ट गरेको तस्बिर देखिन् उनी झसंग भइन् । त्यती मात्र होइन ति युवतीले लगाएका गहनामा पनि उनलाई शंका लाग्यो । उनले गहना राखेको आफ्नो वाकस हेर्दा त्यहाँवाट सबै गायब थिए ।
त्यस मध्य एउटा निकै महंगो हिराको औंठी पनि थियो । जुन औंठी उनलाई हजुरआमाले दिएकी थिइन् । अहिले ति युवक दुबै जना गर्लफ्रेन्डबाट चोरीको अभियोग खेपिरहेका छन्। र, प्रहरीबाट भागिरहेका छन् । अमेरिकाको फ्लोरिडाका जोसेफ डेभिस नामका ती पुरुषले सामाजिक सञ्जालमार्फत दुई युवतीसँग फरकफरक नाममा प्रेस सम्बन्ध अघि बढाएको अनुसन्धानवाट देखिएको छ ।
४८ वर्षे ती पुरुषले डेटिङ एप ओकेक्युपिड मा दुई फरक फरक आइडी बनाएको भेटिएको छ। एक जोय ब्राउन र अर्को मर्कुस् ब्राउन । सन् १०१५ र सन् २०१६ मा उनले यी आइडी बनाएको फ्लोरिडास्थित भोलुसिया काउन्टी सेरिफ अफिसले जनाएको छ। अरेन्ज सिटीकी युवतीले फेसवुकमा आफ्ना प्रेमीको अर्कैसंग एंगेजमेन्ट भएको देखेपछि यस्तो रहस्य खुलेको हो ।
६ हजार ३०० अमेरिकी डलर मुल्य रहेको एउटा हिराको औंठी र अन्य गहना चोरी भएको उनले गहनाको वाकस हेर्दा थाहा पाइन् । ती पुरुषबाट ठगीएका दुबै युवतीबीच दोहोरो कुराकानी भइसकेको बताइएको छ। अर्की युवती ओर्लान्डको भएको र ती युवतीले पनि आफू डेभिसबाट ठगिएको बताएकी छिन्। उनको घरबाट ल्यापटप र केही गहना हराएको बताएपछि दुवै जनाले युवक विरुद्ध उजुरी दिएका छन् ।
त्यसो त उनलाई एक केटीको घरलाई डेभिसले आफ्नै घर भएको बताउँदै एपार्टमेन्ट सार्नसमेत आग्रह गरे । अपार्टमेन्ट सार्ने क्रममा डेभिस हराएका थिए । दुबै युवतीले ती पुरुषको वास्तविक पहिचान खुलाएर कारवाहीको लागि प्रहरी समक्ष उजुरी दिइसकेका छन् । सांकेतिक तस्बिर






