बाँके । बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्ता स्थित बाल सुधार गृहमा रहेका बालबिज्याइकर्ताहरुको स्वास्थ्य जाँच गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वय र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको प्राविधिक सहयोगमा शुक्रबार निः शुल्क स्वास्थ्य शिविर मार्फत बालबिज्याइकर्ताहरुको स्वास्थ्य जाँच गरिएको हो ।
प्रमुख अतिथिका रूपमा रहनु भएकी नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरद्वारा उक्त निस् शुल्क स्वास्थ्य शिविर कार्यक्रममा बालबिज्याइकर्तहरुलाई फलफुल, खेलकुदका सामान, सरसफाईका सामान, लगायत अन्य सामाग्रीहरु प्रदान गरिएको थियो ।
स्वास्थ्य परिक्षण संगै सुधार गृहमा रहेका बालकहरुलाइ फलफुल, सरसफाइ तथा खेलकुद सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कँुवर, बाँके जिल्लाका प्रजिअ श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायत त्यसैगरी नेपाल प्रहरी श्रीमती संघका उपाध्यक्ष रुपा थापा, प्रशासन सह सचिव अनिता ढकाल अधिकारी लगायत श्रीमती संघका अन्य पदाधिकारीहरुसँगै प्रहरी अस्पतालका एसएसपी डा. अमिन कुमार श्रेष्ठ, बाँके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहरा लगाएतको सहभागिता रहेको थियो ।
यही असोज २७ गते बालबिज्याइकर्ताहरुलाई उक्त बाल सुधार गृहमा राखे पश्चात निः स्वास्थ्य शिविरको आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । यस्तो कार्यक्रम पहिला नै हुनु पर्ने बताउँदै बालबिज्याईकर्ताहरुका चौकिदारले स्वास्थ्य नै पहिलो प्राथमिकतामा राखेर राज्यले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले असुसासित भएर बसेपछि राज्यले यस्ता कार्यक्रमहरु मार्फत सहयोग गर्दो रहेछ भन्ने कुराको चेतनाको विकास भएको पनि बताउनुभयो ।
बाल सुधार गृहका प्रशासन प्रमुख श्याम रानाका अनुसार उक्त बाल सुधारगृहमा १ सय १३ जना बालबन्दीहरु रहेका छन् । जस मध्ये जबर्जस्ती करणीमा सबन्धित मुद्दामा ७४ जना रहेका छन् भने कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १६ जना बालबिज्याइकर्ता रहेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योगको मुद्दामा ४ जना लागू औषध मुद्दामा ७, सवारी ज्यान मुद्दामा १, विभिन्न चोरीका मुद्दामा ९, एसिड अङ्गभङ्ग मुद्दामा २ जना र अप्राकृतिक मैथुनको मुद्दामा १ जना रहेकाछन् ।
नौबस्तामा बालसुधार गृह स्थापना भएदेखि अहिले सम्म स्वास्थ्य चेकजाच नगराएका बालहरुले शुक्रबार चिकित्सक संग आफना समस्याहरु राखेका थिए । स्वास्थ्य शिबिरमा डाक्टर बिबेक सुनार, आर के झा ,अच्युत बिक्रम हमाल, आनन्द कुमार झा लगायतका डाक्टरले स्वास्थ्य चेकजाच गर्नु भएको थियो । डेन्टल मेडिसीन् ,नाक कान घाँटी ,हाडजोर्नी तथा छाला तथा यौन रोगको स्वास्थ्य जाँच गरिएको उक्त बालसुधार गृहका प्रशासन प्रमुख श्याम रानाले जानकारी दिनुभयो । यसै क्रममा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका १२ सय प्रहरी कर्मचारी र प्रहरीका आश्रित परिवारको पनि निः स्वास्थ्य जाँच गरिएको छ ।
तस्बिर,,,,,,,,,,,,




















