युवकलाई हेरेरै गर्भवती, एक युवकको २३ वटा जीवित सन्तान काठमाडौ । आमाबुबा बन्नु जीवनको सबैभन्दा ठूलो खुशी हो । त्यस्मा पनि आफ्ना सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने चाहाना हरेक आमाबुवाको हुने गर्दछ । किनभने जति धेरै आफ्ना सन्तान फैलन्छन् त्यति धेरै आफ्नो वंशको बृद्धि हुन्छ भन्ने सोंचाईले प्राय आमाबुवाले सन्तान उत्पादनमा ध्यान दिएकै हुन्छन् ।
तर सन्तान धेरै जन्माउने इच्छ भयो भन्दैमा एकैजनाले २३ वटा सन्तान जन्माउन सक्छ यो भने पत्याउन नसकिने कुरा हो । किनभने सन्ता जन्माएर मात्र हुँदैन उनीहरुको रेखदेख र लालनपालन, शिक्षादिक्षा आदिइत्यादि सबै कुराको ध्यान दिनु पर्ने हुन्छ । के यी कुराहरु २३ वटा सन्तान जन्माउनेले गर्न सक्छन् त ? यो भने प्रश्नको विषय हुन जान्छ ।
तर यो प्रश्न प्रश्नमै सिमित भईदिएको छ अष्ट्रेलियाका एक युवकको जीवनमा । किनभने उनले सन्तान उत्पादनकालागी सहयोग मात्र गर्ने गर्छन् उनलाई आफ्ना सन्तानको कुनै पनि प्रकारको लालनपालन, शिक्षादिक्षा आदिइत्यादि गर्ने पर्दैन । सबै उनका सन्तानलाई जन्माउने आमाहरुले गरिदिंदा रहेछन् । उनलाई केवल सन्तान जन्माउनकोलागी आफ्नो विर्य दियो पुग्ने रहेछ । उनीसंग महिलाले शारीरिक सम्पर्क राख्नै पर्दैन । उनलाई हेरेरै महिला गर्भवती हुन्छन् ।
ती व्यक्ति हुन् अष्ट्रेलियाका एलन फन । यी व्यक्ति एकै वर्षमा २३ बच्चाका पिता बनेका छन् । उनले यो अनौठो काम गरेर आफ्नो देशलाई मात्र नभई संसारलाई चकित पारेका छन् । सञ्चारमाध्यमका अनुसार एलनले शुक्राणुको एक बिजनेस शुरु गरेका छन् । महिलाहरु उनको स्पर्मले बच्चा जन्माउने गरेको बताउँछन् । उनी २३ बच्चाको जैवीक पिता बनेका छन् । ४० वर्षीय उनी ब्रिस्बेनमा बस्छन् । उनी विवाहीत हुन् र उनका दुई बच्चा छन् ।






