बाँके । बाँकेको नेपालगञ्जमा दुईजना अस्वस्थ्यकर माछा बिक्रेता फरार भएका छन् । आज (बिहीबार) सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको टोलीले जमुनाह र धम्बोजी आसपासका क्षेत्रमा आकस्मिक अनुगमन गर्दा दुईजना खान अयोग्य माछा बिक्रेता फरार भएका हुन् ।
बाँकेमा लामो समयदेखि माछामासु बिक्रि वितरण गर्दै आएका पसलहरु मध्य आज ९ वटा माछामासु बिक्री स्टलको अनुगमन गर्दा ६ वटा पसलमा गैरकानूनि रुपले माछामासु विक्रिवितरण गर्दै आएको सप्रजिअ गुरुंगले बताउनुभयो ।
उहाँका अनुसार मो. सरिफ फ्रेश हाउसले बिना बिल कारोवार गरेको पाइएको हुँदा रु २० हजार सम्मको जरिवाना गरिनुका साथै खान अयोग्य खसि र कुखुराको मासु नस्ट गरिएको छ ।
त्यसैगरी हाम्रो फ्रेश हाउसले पनि बिना बिल गैरकानूनी रुपमा लामो समयदेखि माछामासु विक्रिवितरण गरेको पाईएकोले २० हजार सम्मको जरिवाना गरिनुका साथै खान अयोग्य खसि र कुखुराको मासु नष् गरिएको छ ।
अल्लाह बिष्मिल्लाह फ्रेश हाउसले पनि गैरकानूनी रुपमा व्यापार गरेको हुँदा रु १० हजारसम्मको जरिवाना गरिएको छ भने सुफियाना फ्रेश हाउसलाई पनि सोही अपराधमा पाँच हजारसम्मको जरिवाना गरिएको सप्रजिअ गुरुंगले बताउनुभयो ।






