काठमाण्डौ । द्धन्द्ध निर्देशक राजेन्द्र खड्की भन्ने बित्तिकै आम मानिसमा उनको स्केच उनी एउटा स्पष्ट वक्ता हुन् भन्ने बुझिन्छ । फिल्ममा जस्तै उनले आफ्ना कुरा उनको वास्तविक जीवनमा पनि निडर तरिकाले खुलस्त भएर राख्ने गर्दछन् । त्यसरी राख्ने क्रममा उनले आफ्नो र आफ्नो परिवारको त छंदै छ साथै उनले धेरै कलाकारहरुको भित्री कुराहरुको पोल पनि खोलिदिन्छन् । केही समय अघि उनले महानायक राजेश हमालको पनि पोल खोलिदिएका थिए ।
राजेश हमालको एक जना विदेशी गर्लफ्रेण्डलाई हमालले कमाल समतेर घुमाएको घटना उनले सार्वजनिक गरिदिएका थिए । अहिले चर्चामा रहेकी श्वेता खड्काको पनि उनले केही नयाँ कुरा खुलाएका छन् । उनी निकै पुराना द्धन्द्ध निर्देशक नाताले उनीसंग काम नगरेका कलाकार सायदै होलान् । उनले श्वेतालाई पनि फिल्ममा खेलाएका छन् । त्यसैले श्वेताको बारेमापनि उनलाई धेरै कुरा राम्रोसंग थाहा छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ त उनका पृय साथी नै थिए ।
एक अन्तरवार्तामा उनले श्रीकृष्णको फिल्ममा श्वेतालाई एक्सन रोल सिकाएको कुरा स्मरण गर्दै दुई जनाबीचको सम्बन्धका बारेमा बोलेका छन् । उनले श्वेतालाई श्रीकृष्णले श्राप दिएको टिप्पणी समेत गरे । श्रीकृष्ण श्रेष्ठको निधन भएपछि आफुले श्वेतालाई विवाह नगर भनेर सल्लाह दिएको बताएका छन् । तर श्वेताले विवाह गरेकोमा उनलाई चित्त बुझेको छैन । उनले श्वेता देखावटीमा गएको र विवाह निकै भब्य तरिकाले गरेको हुनाले सबैको आँखामा परेको पनि बताए ।
श्रीकृष्णले आफुलाई आफ्नो निधनको शंकेत त्यतीबेलै गरेको र श्वेतालाई म २ करोड दिन्छु श्वेतालाई अरुसंग विवाह गर्न भनेर सम्झाइदिउ भनेर भनेको स्मरण गरेका छन् । त्यतीबेला नै श्रीकष्णले आफुलाई भनेको कुरा श्वेतालाई भन्दा श्वेता नबोलेको पनि द्धन्द्ध निर्देशक खखड्कीले बताएका छन् । उनले श्वेताले दोस्रो विवाह गर्दा आफु सहभागी हुन नगएको पनि बताए । उनले श्रीकृष्णको नामवाट श्वेता परिचित भएकाले उनकै नामवाट सुरु गरेको माझी वस्ती निर्माणको काम पुरा गर्न पनि सुझाव दिएका छन् ।






