काठमाण्डौ । ‘संगै छंदा मलाई मतलब नै हुँदैनथ्यो कि उनी यस्ती भएकी छिन् भन्ने । हिजोआज एक्लै बसेको बेला उनका फोटाहरु हेर्छु त्यतिबेला उनी यत्तिको बिरामी हुनलाई उत्तिबेलै यस्तो रोगले छोईसकेको रहेछ भन्ने लाग्छ । यो कुरा मैले शुरवाती लक्षणहरुमा किन बुझ्न सकिन भन्ने लाग्छ ।’ अनिताको बारेमा भक्कानिंदै विनोदले सुनाए आफ्ना कुरा । विनोद अनिताको विषयमा कुरा गर्दा पहिला पनि रुने गर्थे तर यो पटक भने उनको रुवाईमा निकै नै पश्चाताप थियो ।
श्रीमान विनोदले अनिता बिरामी हुनुभन्दा पहिला आफुले उनका भनाईहरुलाई बुझ्न नसकेकोमा अहिले आएर निकै नै पछुतो लाग्ने बताउँछन् । उनी तब साह्रै नै छटपटिन्छन् जबजब उनले अनिता र आफ्नो फोटो एक्लै बस्दा हेर्ने गर्दछन् । विनोदले श्रीमतीसंगैको आफ्नो पहिलाको फोटोहरु हेर्दा आफुले महसुस गरेका कुरालाई रुँदै भने,‘म यस पटक गाउँ गएको थिएँ त्योबेला उनको फोटोहरु पुरै भित्तैभरी टाँसिएको देखें । उनको त्यो पहिलाको अवस्था र अहिलेको अवस्थाले मलाई धेरै नै पिरोल्यो र म धेरै बस्नै सहिन । अनि काठमाण्डौ फर्किहालें ।’
अनिता र विनोद भन्ने बित्तिकै नचिन्ने सायदै होलान् । आज धेरैको पर्खाईको र चासोको विषय बनिरहेको अनिताको स्वास्थ्य । यो उनीहरु टिकटमा भाईरल भएदेखि र आजपनि उत्तिकै सरोकारको विषय बनिरहेको छ । बिस्तारै बिस्तारै अनितामा सुधार आउँदैछ । उनी बोल्न थालेकी छन् । उनी हिंड्न थालेकी छन् । उनको स्वास्थ्यमा धेरै नै सुधार आई रहेको छ । अनिताको स्वास्थ्यमा ७५ प्रतिशतभन्दापनि धेरै नै सुधार आएको कुरा श्रीमान विनोदले बताएका छन् । अनिताको पछिल्लो यो खबरले उनलाई सहयोग गर्न चाहानेहरुलाई खुशी दिएको छ ।
अनिताको उपचारकोलागी आजपनि धेरै पैसाको खाँचो परेको छ विनोदलाई तर उनीसंग त्यति धेरै रकम भने छैन । अनिताकै उपचारकालागी भएका सबै सम्पति सकेका श्रीमान हुन् बिनोद खड्का । उनि यो बेला पनि अझै अनिता बचाउनको लागि जति लागे पनि खर्च गर्छु भन्दै भौतारीरहेका छन तर अनिताको ठुलो र जटिल अप्रेशन अझै हुन बाँकी रहेको र अझै १० लाख् भन्दा बढी लाग्ने भएपछि हरेस खादै उनको श्रीमान बिनोद मिडियामा रुदै आएका हुन् । विनोदका अनुसार अनितालाई बचाउन जटिल रहेको र डाक्टरको भनाइ अनुसार पनि अझै धेरै पैसा चाहिने कारण उनको लागि सहयोग नजुट्दा चिन्तित भएको बताएका छन् । भिडियोसहित






