काठमाण्डौ । अभिनेत्री श्वेता खड्का दम्पतीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास बालकोट पुगेर उनीहरूले ओलीलाई भेटेका हुन् । भेटमा खड्का दम्पती छोरी ब्रीआनाको साथ पुगेका थिए ।
सो क्रममा ब्रीआनालाई ओलीले आशीर्वाद दिनुका साथै काँधमा समेत लिएका छन् । ओलीसँगको भेटको तस्बिर उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेकी छन् ।
तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन् ,काम ठुलो हुन् पर्दैन । जे गर्छौ प्रेम पूर्वक गर्दा । सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्व प्रधानमन्त्री केपी बुबा हजुरसँग पहिलो भेट ब्रीआना का । आशीर्वाद लिँदै ।’ श्वेता केही समय पहिले नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।






