काठमाण्डौ । नक्कली भुटानी शरणार्थी काण्ड लगायतका भ्रष्टाचारविरुद्धको अभियानमा काठमाण्डौको नक्सालमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले धर्ना दिएका छन् । शनिबार भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै गरिएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले धर्ना दिएका हुन् ।
उक्त प्रदर्शनीमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, विभिन्न राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, बुद्धिजीवी लगायतका व्यक्ति सहभागी भएका छन् । यस्तै, नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचारविरोधी विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत दिएका छन् ।






