एजेन्सी । अभिनेत्री सनी लियोनीलाई प’क्रा’उ नगर्न केरल उच्च अदालतले क्रा’इ’म ब्रा’ञ्चलाई आदेश दिएको छ । सनीमाथि एक इभेन्ट मेनेजमेन्ट कम्पनीले २९ लाख रुपैंयाँको आर्थिक हि’ना’मि’नाको आ’रो’प लगाउदै मु’द्दा दायर गरेको थियो ।
उक्त कम्पनीले सन् २०१९ को भ्यालेन्टाइन डेमा नृत्य गर्न सनीलाई पारिश्रमिकवापत २९ लाख दिए पनि सनी कार्यक्रममा नआएको भन्दै उ’जु’री दिएको थियो । उ’जु’रीविरुद्ध सनीले जमानतका लागि निवेदन दिएपछि अदालतले गि’र’फ्ता’र नगर्न आदेश दिएको हो ।
जमानतको लागि सनीसँग उनका पति डेनियल तथा अर्का एक व्यक्तिले अदालतलमा निवेदन दिएका थिए । सनीलाई कोच्ची क्रा’इ’म ब्रञ्चले फेब्रुअरी ३ मा तिरुअनन्तपुरममा सोधपुछका लागि बोलाएको थियो । उनीमाथि आइपीसीको धारा ४०६ र ४२० अनुसार मु’द्दा दर्ता गरिएको थियो ।
सनीले भने आफू दुईपटक कार्यक्रम हुने स्थानमा गए पनि कार्यक्रम हुन नसकेको दाबी गरेकी छन् । अन्ततः यो कार्यक्रम अंगमालीमा रहेको एडलक्स इन्टरनेशनल कन्भेन्सन सेन्टरमा गरिएको थियो । यद्यपि सनीले भने आफूले अझै १२ लाख रुपैंयाँ पाउन बाँकी रहेको जनाएकी छन् ।






