बाँके । आगामी बैशाख २१ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुन लागेको ‘ज्याकी आई एम ट्वान्टिवान’ को प्रवद्र्धनका लागि कलाकार यतिबेला नेपालगन्ज आईपुगेका छन् । बैशाख २१ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुन लागेको ‘ज्याकी आई एम ट्वान्टिवान’ को प्रवद्र्धनका उक्त टोली शनिबार नेपालगन्ज आईपुगेको हो ।
नेपालगन्जमा शनिबार पत्रकारसँग कुराकानी गर्दै निर्माण पक्षले उक्त चलचित्र फरक विधाको रहेको र एकपटक हेर्नैपर्ने बताएको छ । नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको उनीहरुले बताए । टोलीमा चलचित्रका अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ लगायत रहेका छन् ।
चलचित्रका अभिनेता धिरजले ‘ज्याकी आई एम ट्वान्टिवान’ मा युवालाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सघर्षप्रति प्रेरित गरेको बताए । उनले चलचित्रका माध्यमबाट नेपालमा पहिलो पटक ‘हिप्पप डान्स’ को कथालाई समेटिएको बताए । यस्तै अभिनेत्री जसिताले चलचित्रले युवाको ढुकढुकीलाई समेटेको बताइन् ।
नेपाली दर्शकको फरक कथा प्रतिको चाहनालाई ‘ज्याकी(आई एम ट्वान्टिवान’ ले पूरा गर्ने विश्वास आफूले लिएको उनको भनाई छ । चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विजय सुवेदी आवाजले नयाँ कथामा बनेको ‘ज्याकी(आई एम ट्वान्टिवान’ ले राम्रै ब्यापार गर्ने विश्वार गरे ।
‘डान्स’ मात्रै नभएर युवा र उनीहरुको व्यथालाई चलचित्रमा समेटिएको उनको दाबी छ । चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको साक्षात्कारको सञ्चालन सचिव बिक्रम बुढाक्षेत्रीले गरेका थिए ।






