काठमाण्डौ । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफुमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।
योपनि कात्तिक ३ मा ‘परदेशी २’ प्रदर्शन हुने भएको छ । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी कात्तिक ३ गतेदेखि मात्र प्रदर्शनमा आउने भएको हो । निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरेको हो । यस अगाडि गत फागुन ५ गते आउने भनिएको यो फिल्मको प्राविधिक काम नसकिएको जनाउँदै निर्माण युनिटले रिलिज मिति सारेको थियो । ु
फिल्मको केही दृश्य अझै खिच्नुपर्ने छ, प्राविधिक कार्य पनि राम्रोसँग सकाउने उदेश्यले प्रदर्शन मिति कात्तिकमा पुर्याइएको हो,ु निर्देशक रायमाझीले बताए । ‘परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल हो । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् । बीबी अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछानेसँगै गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनले छायांकन र दीर्घ खड्काको सम्पादन छ । नेपाल र अमेरिकामा छायांकन भएको फिल्मको वितरण उपत्यकामा डिसीएन र उपत्यकामा बाहिर एफडी कम्पनीले गर्नेछ ।






