एजेन्सी । चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् । टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको बताएको छ ।
३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो । सोमबारको भूकम्पमा परी हालसम्म १५ हजारको मृत्यु पुष्टि भएको छ । यतिबेला समाजिक सञ्जालमा टर्कीमा गएको भुकम्पको बारेमा निकै चर्चा भईरहेको छ । विभिन्न देशहरुबाट टर्की भूकम्प पिडितहरुलाई साहानुभूति र आर्थिक सहयोग प्रदान गरिएको छ ।
मेस्सीद्वारा भूकम्पग्रस्त टर्की र सिरियालाई ३.५ मिलियन युरो सहयोग
मेस्सीद्वारा भूकम्पग्रस्त टर्की र सिरियालाई ३.५ मिलियन युरो सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






