काठमाडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घिसार्दै सडकमा फाल्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको र संसद विघटन गरेको बताउँदै ओलीलाई सत्ताबाटै फाल्ने र सडकमा घिसारेर ल्याउने बताएका हुन् ।
नेता भुषालले भने,‘उहाँले संविधानलाई घायल बनाउनुभयो । संसदलाई विघटन गर्नुभयो । अदालतमा मुद्दा छ । मान्नुहोस, यो अदालतको मुद्दामा ओलीजीले जित्नुभयो भने चुनाव गर्नुहुन्छ ।’ विगतमा कुनै संकटकालले आन्दोलन रोक्यो त ? भन्दै उनले प्रश्न गरे ।
उनले प्रधानमन्त्री ओलीलाई फालिने र सडकमा घिसारेर ल्याईने पनि चेतावनी दिए । उनले भने,‘संकटकालले, उनको आदेशले आन्दोलन रोकिन्छ भन्ने कुरा यो दुनियाँलाई जिस्काउने कुरामात्रै हो । त्यसपछाडि ओलीजीलाई फालिन्छ । सडकमा घिसारेर ल्याईन्छ ।’ भिडियोसहित






