काठमाण्डौ । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने छन् । हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।
पराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्नेछन् । योपनि अस्ट्रेलियाले आफ्नो नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अस्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने जनाएको छ ।
केन्द्रीय बैंकको यो निर्णयसँगै अघिल्लो वर्ष राजसिंहासन सम्हाल्नुभएका बेलायतका राजा चार्ल्स तृतीयको फोटो नोटमा छापिने छैन । नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अस्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन् । नयाँ नोट छापिन भने केही वर्ष लाग्नेछ । यसअघि गएको सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधन भएपछि राष्ट्राध्यक्षको सम्मानमा अस्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिबासी समूहले त्यसको विरोध गरेका थिए ।






