काठमाडौ । नेपालमा कोरोना भाइरसका आज १ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार २ सय १५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १६५ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ६८ हजार ४ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १ सय ६० थपिएका छन् । आज १६५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । २ लाख ६८ हजार ४ सय ३१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् ।
१ हजार ७ सय ३७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २१ लाख १ हजार ५९ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार क्वारेन्टिनमा बस्नेको सख्या ८७ रहेको छ ।






