काठमाण्डौ । गायिका समिक्षा अधिकारीले आफ्नो फेसबुक स्टेटमा “गन्हाउने आवाज निकाल्न त मलद्धार छँदै छ, त्यसैले मुख र मलद्वारको काम चिन” भन्ने विचारलाई सम्प्रेषण गरेकी छन् । बिहीबार उनले आफ्नो अफिसियल फेसबुक पेजमा नकारात्मक कमेन्टहरू प्रति लक्षित गर्दै “गन्हाउने आवाज निकाल्न त मलद्धार छँदै छ, त्यसैले मुख र मलद्वारको काम चिन” भन्ने विचारलाई सम्प्रेषण गरेकी हुन् ।
गायिका अधिकारीले लेखेको यो अर्को एउटा विवादित स्टाटस हो । मोडेल तथा नायक पल शाह काण्डमा सँधै सामाजिक सञ्जालमा आलोचना खेप्दै आएकी गायिका अधिकारीले पटक पटक यस्ता बिबादास्पद स्टेटस् लेख्दै आई रहेकी छन् । उनको आधिकारी सामाजिक सञ्जालबाट अहिले अलिक गम्भिर र भावुक विषयमा स्टाटस आउन थालेका छन् ।
ृउनको पछिल्लो स्टेटस्मा उनले बचनले दिएको घाउ मेट्न नसकिने भावमा स्ट्याटस पोष्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु १ गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’






