काठमाण्डौ । कलाकार एवं पत्रकार शिशिर भण्डारीले आफुले श्रीमान श्रीमतीबीचको झ’ग’डा मिलाउने खालका विषयवस्तुलाई रिर्पोटिंग नगर्ने बताएका छन् । उनले एक मिडियालाई अन्तरवार्ता दिने क्रममा श्रीमान श्रीमतीको झ’ग’डा मिलाउने काम पत्रकारको नभएको हुनाले आफुले त्यस्ता खालका विषयवस्तुहरुलाई रिर्पोटिंगको विषय नबनाएको बताएका छन् । ?
उनको भनाई अुनसार श्रीमान श्रीमतीको झ’ग’डा भनेको परालको आ’गो जस्तै हो । त्यो परालको आ’गो एकैछिन् बल्छ र एकैछिन् निभ्छ पनि । त्यस्तो अवस्थामा हामी सञ्चारकर्मीहरुले मिडियामा छताछुल्लै पारिदियौं भने कतिपय अवस्थामा मिल्ने खालका कुराहरु पनि बिग्रीएर जिन्दगी भरीलाई त्यो पछुतोको कारण बनि रहन्छ । त्यसैले आफुले त्यस्ता संवेनशिल विषयमा मिडिया प्रयोग नगरेको बताएका छन् ।
उनी भन्छन्,‘पैसा नै कमाउनकोलागी किन अर्काको घरभित्रको कुरा त्योपनि श्रीमान श्रीमतीबीचको कुरालाई कोट्याई राख्नु पर्यो र ? हाम्रो समाजमा यस्ता थुप्रै अन्य विषयवस्तुहरु छन् जो समेटेर कहिल्यै सकिंदैनन् । ती कुराहरुलाई उठान गरौं न । मैले सामान्य विषयबस्तु दिएर आफ्नो कन्टेन्ट चलाउन सकिरहेको छैन । यस्को अर्थ यो होइन कि मैले कसैको सम्बन्धलाई आधार बनाऊँ ।’ भिडियोसहित






