काठमाण्डौ । नायिका साम्राज्ञी राज्यलक्ष्मि शाहले चलचित्र नगरी भित्रको सबै वास्तविकता खोलेकी छन् । एक कार्यक्रममा अन्तरवार्ता दिने क्रममा आँखाभरी आँशु पार्दै उनले चलचित्र नगरी भित्रका सबै फोहारी खेललाई उदांगो पारेकी छन् । उनले आफुमाथि भएको दुव्र्यवहारको बारेमा खुलेर बोलेकी थिईन् ।
नायिका साम्राज्ञिले झरना थापादेखि भुवन केसी हुँदै आफुलाई १७ वर्षको हुँदा फिल्मको सुटिंग गर्ने क्रममा एकजना फिल्मि क्षेत्रकै पुरुषबाट दुव्र्यवहार भएको बताएकी थिईन् । पौषको २९ गतेबाट रिलिज हुने फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।
रमेश एम के पौडेलको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, कलाकार सन्दीप क्षेत्रीको साथमा इमिली लामा, सरोज खनाल, खड्क बहादुर पुन, दीपाशा केसी लगायतका कलाकारको अभिनय छ । सविर श्रेष्ठ कार्यकारी निर्माता तथा लेखक रहेको फिल्ममा अर्नव पौडेल र आर्यन पौडेल निर्माताको रुपमा छन् ।
सविर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेको फिल्मको कथामा शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, सुभाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मको ट्रेलरमा पुष्पको माया पाउन दौडधुप गरेकी साम्राज्ञीलाई देखाइएको छ । साथै, इमिली र पुष्पबिचको केमेष्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ । भिडियो तल छ ।






