एजेन्सी । रुसका पूर्व राष्ट्रपति तथा पुटिनसँग निकट रहेका दिमित्री मेदवेदेवले सन् २०२३ का लागि निकै अचम्मका आशंका जताएका छन् । उनले अमेरिकी टेक व्यवसायी एलन मस्कले अमेरिकी राष्ट्रपति चुनाव जित्न सक्ने भविष्यवाणी गरेका छन् ।
यससँगै मेदवेदेवले अन्य धेरै टिप्पणी पनि गरेका छन् । मस्कले उनको ट्वीटलाई उत्कृष्ट थ्रेड भनेका छन् ।
‘तेलको मूल्य प्रति ब्यारेल १५० डलर पुग्नेछ र ग्यासको मूल्य प्रति क्युबिक मिटर ५ डलर नाघ्ने छ । बेलायत फेरि युरोपेली संघमा सामेल हुनेछ । बेलायतको बहिर्गमन सँगै युरोपेली संघको विघटन हुनेछ ।
युरोको इयूको मुद्राको रुपमा प्रयोग बन्द हुनेछ । पोल्याण्ड र हंगेरीले युक्रेनको पश्चिमी क्षेत्र कब्जा गर्नेछ । फोर्थ रिख बनाइनेछ जसमा जर्मनीको हालको क्षेत्रफलका साथै पोल्याण्ड, बाल्टिक स्टेट्स, चेकिया, स्लोवाकिया, किएफ गणराज्य आदि समावेश हुनेछ ।
फ्रान्स र फोर्थ रिखबीच युद्ध हुनेछ जसमा युरोप बाँडिनेछ र पोल्याण्डको एकपटक पुनः विभाजन हुनेछ । उत्तरी आयरल्याण्ड बेलायतबाट अलग भएर आयरल्याण्ड गणतन्त्रमा सामेल हुनेछ ।
अमेरिकामा गृहयुद्ध सुरु हुनेछ त्यसपछि अमेरिका, क्यालिफोर्निया र टेक्सास स्वतन्त्र राज्य हुनेछन् । टेक्सास र मेक्सिको एकअर्काको सहयोगी राज्य हुनेछन् ।
एलन मस्कले गृहयुद्धको अन्त्य पछि धेरै राज्यहरूमा अमेरिकी राष्ट्रपति चुनाव जित्ने छन् । विश्वको सबैभन्दा ठूलो शेयर बजार र आर्थिक गतिविधि अमेरिका र युरोपबाट एसियामा सर्नेछ ।’






