काठमाण्डौ । लोक गीतमा एकछत्र राज गर्ने गायीका हुन् विष्णु माझी । यद्धपी दशकौं देखि उनलाई प्रत्यक्ष रुपमा देख्नेहरु भने निकै कम छन् । उनको श्वरको जादु सबै नेपालीलाई मोहित बनाउने खालको छ ।
जब कुनै समुदायमा राम्रो श्वर भएकी महिला वा युवती सार्वजनिक हुन्छन् ति सबैलाई विष्णु माझीसंग तुलना गर्ने गरिन्छ । ११ वर्षकै उमेरमा आफ्नो श्वरको जादुले मोहित बनाउने एक बालिका अहिले सामाजिक सञ्जालमा भाइरल भएकी छन् । उनलाई पनि विष्णु माझीसंग तुलना गरिएको छ ।
छोरीले निकै राम्रो गीत गाउने भएपछि रुकुम पश्चिमकी सुनिता केसी छोरीलाई लिएर काठमाडौ आएकी छन् । ति बालिकाको नाम नविना केसी हो । उनले सामाजिक सञ्जालमा निकै मोहित पार्ने गीत गाएर चर्चामा आएकी हुन् ।
छोरीको यस्तो प्रतिभालाई सबैका माझ ल्याउन उनले छोरीलाई काठमाडौं ल्याएको बताएकी छन् । उनले मोवाइलमा हेरेर गीत सिकेको बताउँछिन् । कक्षा ७ मा पढ्ने नविना, पढाइमा पनि उनी उत्तिकै राम्रो छिन् ।
उनी निकै सानो उमेर देखि नै गाउँमा दोहोरी गाउने गरेको उनको आमाले पनि बताएकी छन् । चार पाँच वर्ष देखि नै गाउँमा दोहोरी गाउँथी, पहिला त पढाईलाई ध्यान दे गीत नगा भन्थे तर अहिले सामाजिक सञ्जालमा उ जस्तै बालिकाहरु भाइरल भएको देखेपछि छोरीलाई लिएर काठमाडौ आए आमाले भनिन् ।
उनलाई राजु परिवार, कृष्ण कँडेल, छत्र शाही लगायतका कलाकारसंग दोहोरी गाउन मन लागेको छ । त्यसैको लागि आफु काठमाडौ आएको उनले बताइन् । भिडियोसहित






