काठमाण्डौ । एक अनलाइनका लागि फोटोसुट गर्ने क्रममा भेट भएपछि नायक सविन श्रेष्ठलाई नायिका अनु शाह निक्कै मन पर्यो । सविनले अनुसँग मित्रता त गाँसे तर प्रेम सम्बन्ध जोड्ने भने समय लाग्यो । सविनले मन पराउँदा अनुले खासै मतलब गरिनन् । त्यो समय यी दुबै फिल्म क्षेत्रमा चम्किरहेका थिए । पछि अनुले सविनलाई माया गर्न थालिन् ।
तर, अनुले माया गर्दा सविन फेरि तर्कन थाले । यसरी नै यी दुइको प्रेममा उतारचढाव केही बर्ष आयो । कुनै समय अनु र सविनले एक अर्कासँग प्रेम रहेको पनि खुलाएनन् । तर, विगत केही बर्षदेखि भने यो जोडीले प्रेमलाई बलियो बनाउँदै लगेको छ । प्रेममा एक अर्कासँग लुकामारी खेल्न छाडेर सविन र अनु अब अर्को बर्ष बिहेको तयारीमा छन् ।
हुनत, केही बर्ष अगाडि नै यी दुइले अदालतमा बिहे गरेको भन्ने खबर सार्वजनिक भएको थियो । तर, दुबैले यो कुरा आजसम्म स्विकार गरेका छैनन् । सविन र अनुले बिहे गर्ने तयारी मात्र गरेका छैनन्, सामाजिक काममा पनि आफूलाई सक्रिय बनाएका छन् । उनीहरुले भ्लग समेत युटुयुमा बनाउँदै आएका छन् ।
विगत केही समयदेखि यी दुई युट्युबबाट बढी हिट छन् । सविन र अनुले काठमाडौंका विभिन्न सार्वजनिक शौचालयमा प्याड राख्ने काम गरिरहेका छन् ।






