काठमाण्डौ । पूर्व मिस नेपाल उषा खड्कीको पुर्व श्रीमान गणेश प्रसाद तिमलसेना (जिपी तिमलसेना) ले दोश्रो बिहे गरेका छन् । उनले पुर्व मिस नेपाल खड्गीसंगको सम्बन्ध विच्छेद पछि दोश्रो बिहे गरेको तस्वीर सामाजिक सञ्जालमा निकै नै भाईरल बनिरहेको छ । खड्गीले भने सम्वन्धविच्छेद पछि अदालतले निर्धारण गरेको अंश नपाएको दाबी गरेकी छिन् ।
उषा खड्गी र जिपीबीच २०५९ साल वैशाख २६ गते धार्मिक परम्परा अनुसार मागी विवाह भएको थियो । यो दम्पतीको पहिलो सन्तानको रूपमा ०६२ सालमा छोरी र दोस्रो सन्तानको रूपमा २०७१ सालमा छोराको जन्म भएको छ । २०७५ सालदेखि मनमुटाब र बेमेलको अवस्था सिर्जना भएपछि खड्गीले २०७६ साल असार १८ गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।
मुद्दा दर्ता भएको तीन वर्षपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले २०७९ साल जेठ २६ गते अन्तिम फैसला गर्दै अंशभागबण्डा गरी सम्बन्ध विच्छेद गर्ने आदेश दिएका थिए । अदालतको आदेशमा गणेश प्रसाद तिमलसेनाको नाममा भक्तपुरमा रहेको घरको मूल्य एक करोड कायम गर्दै उक्त घरको चार भागको एक भाग खड्गीलाई दिनु भनेको छ ।
मंसिर १९ गते सविना अधिकारीसँग दोस्रो विवाह गर्दै गणेश प्रसाद तिमलसेना । सम्वन्धविच्छेद गरेता पनि खड्की र तिमलसेना अहिले एउटै घरमा बस्दै आइरहेका छन् । छोराछोरीसहित बस्दै आइरहेकी खड्कीले अदालतको निर्णयअनुसार आफ्नो भाग लिएर अन्तै बस्ने चाहना गरेता पनि सो सफल हुन सकेको छैन । तिमलसेनाले यही मङ्सिर १९ गते विवाह गरेर ल्याएकी श्रीमती पनि सोही घरमा बस्दै आएकी छन् ।
दुई परिवार एउटै घरमा बस्न नसक्ने भन्दै खड्की अदालतको निर्णय कागजमा मात्र भयो सम्बन्ध विच्छेद भएको छ महिनासम्म पनि अंश नपाएको गुनासो गर्छिन् । स्रोतका अनुसार बेहुली लिएर आउँदै गरेका तिमलसेना र खड्गीको भेट घरअगाडिको आगनमा भएको हो । स्रोतका अनुसार जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि तिमलसेना उच्च अदालत गएका छन् । यो समाचार हरेक ईन्फोबाट साभार गरिएको हो ।






