काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिन पछि हुन गई रहेको प्रदेश र प्रतिनीधि सभाको निर्वाचनलाई सफल पार्न सबैको दायित्व उत्तिकै हुने बताएका छन् । उनले आज एक भिडियो सन्देश मार्फत चुनाव अन्तिम चरणमा रहेको भन्दै यो ऐतिहासिक क्षणलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री जारी उक्त भिडियोमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा जोड गरिएको छ । उनले मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन पनि आग्रह गरेका छन् । उनले भनेका छन्,‘आदरणीय दिदीबहीनी तथा दाजुभाईहरु हामी मंसिर ४ गते हुन गई रहेको प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम चरणमा छौं ।
लोकतान्त्रिक साशन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा हो । निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्न हामी सबैको दायित्व हो । जहाँनिय राणा शासनको आन्दोलनको विरोधदेखि अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पुरा गरिसेकेको छ । अब संघिय लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउँदै मुलुकलाई सम्बृद्धिको बाटो तर्फ अघि बढाउनु पर्नेछ ।’ भिडियोको अंश तल रहेको छ ।






