काठमाण्डौ । गायक प्रकाश सपुतको दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ । सपुतको छोरा भएको उनकी दिदी शान्ति सुनारले जानकारी दिइन् । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । उनीहरुको सात वर्षअघि पहिलो सन्तान छोरी भएकी थिइन् ।
गायक सपुत नेपाली दर्शक र श्रोताको मनमा बस्न सफल छन् । लोक भाकाबाट आफ्नो करियरको शुरुवात गरेका उनले विस्तार अन्य विधाका भाकाहरुमा पनि आफ्ना श्रृजनाहरु पस्किएर दर्शक र श्रोताको मन जित्न थाले । गायक सपुतले श्रृजना गरेका सबै खाले गीतहरु प्राय सुपर हीट भएका छन् । बाग्लुंगको भीर पखेरामा जन्मिएर हुर्किएका उनलाई ठेट नेपाली भाषा, रहन सहन, भेषभुषा लगाएत नेपाली पनको स्वादको बारेमा राम्रै थाहा भएको हुनाले पनि उनले आफुद्धारा रचना गरिने गीतहरुमा मौलिक पनलाई नै समेटेका हुन्छन् ।
उसो त गायक सपुत बेलाबेला सामाजिक सञ्जालहरुमा ट्रोल पनि बनिरहेका हुन्छन् । विशेष गरेर उनी कहिले काहीँ समाजमा जातिय विषयहरुमा घट्ने घटनाहरुमा आफ्ना कुरा र विचार राखेकै भरमा जति ट्रोल हुन्छन् त्यति नै उनको विभिन्न माध्यमहरुमा चर्चापनि हुने गर्दछ । सामाजिक सञ्जालमा उनको विरोधसंगै उनका विचारहरुलाई समर्थन गर्नेहरु पनि उत्तिकै नै हुन्छन् । नेपाली गीत संगीतमा गायक सपुुत एक सच्चा सरजक र कलाका रुपमा जन्मिएका वास्तविक सपुत नै हुन् ।






