काठमाण्डौ । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालमार्फत श्वेताले आफू गर्भवती रहेको जानकारी गराएकी हुन् । शनिबार आफ्नो आधिकारीक इन्स्टाग्रामको पेजमा आफु गर्भवती भएको तस्वीर सार्वजनिक गर्दै श्वेताले आफू आमा बन्न लागेको जनाएकी हुन् । उनले जानकारी गरएको उक्त खुशीको खबरमा उनी श्रीमान विजेन्द्रसंगको तस्वीर शेयर गरेकी छन् ।
अभिनेत्री श्वेताले गत वर्षको कात्र्तिकमा धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी थिइन् ।श्वेताको उक्त विवाह दोस्रो हो । यसअघि श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
नायिका श्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । पहिलो श्रीमान श्री कृष्ण बाँचुल्जेल सम्म फिल्म खेलकी अभिनेत्री श्वेताले दोश्रो विवाह गरेलगत्तै फिल्म खेल्न भने छाडेकी छिन् । अहिले उनी सन्तानलाई जन्माएर आमा बन्नै प्रकृयामा रहेकी छन् । उनका फ्यानहरुकालागि यो खुशीको खबर हुनुका साथै अभिनेत्री श्वेता पुनहः फिल्म क्षेत्रमै फर्किएको पनि उनको फ्यानहरुको इच्छा रहेको छ ।






