काठमाण्डौ । अभिनेता पल शाहको मुद्धाको सुनुवाइ स्थगित भएको छ । आइतबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको मुद्याको सुनुवाई न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाण्डौमा भएको हुनाले स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले बताए ।
वाग्लेका अनुसार ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति बेलुकासम्म आउँछ । आज आईतबार गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परे पनि सुनुवाइ भने हुन सकेन् ।
शाह बलात्कार मुद्दाको पुर्पक्षका लागि अहिले तनहुँ कारागारमा छन् । गत साता नवलपुर जिल्ला अदालतले सोही प्रकृतिको मुद्दामा पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।






