एजेन्सी । कुकुकरले पनि मानिसले जस्तै महंगा महंगा कुराहरु लगाउँछ भनेको सुन्दा अचम्मै लाग्छ । तर अचम्म मान्नु पर्दैन । बेलायतको एउटा कुकुरले सुखसयलमा बाचिरहेका मानिसभन्दा पनि कैयौं गुणा राजसी जीवन बिताइरहेको छ । बेलायतको वेल्समा भएको त्यो कुकुरले विश्वका कैयौं धनी मानिसभन्दा शानदार जीवन बिताउँदै आई रहेको छ ।
त्यो कुकुरको साथमा आफ्नै ब्याट्रीबाट चल्ने कार छ जसमा उ नियमित घुम्दछ । यतिमात्र होइन उसको गलामा बहुमुल्य हीराको पट्टा समेत छ । यसरी शानदार जीवन बिताउने कुकुरको नाम फैबियो हो ।
जसलाई बेलायकी एलिसा थोर्नेले पालेकी छिन् । एलिसा यसलाई सुखसयलका साथ राख्दै आफ्नै सन्तान सरह पाल्दै आएकी छन् । एलिसाले यस कुकुर किन्न नेपाली करीब ४ लाख रुपैया बराबर खर्च गरेकि छिन् । साथै अहिलेसम्म त्यस कुकुरको पालन पोषण्मा मात्र २० लाखभन्दा बढि खर्च भइसकेको छ ।
गत क्रिसमसमा एलिसाले फैबियोलाई ११ लाखभन्दा बढिको उपहार दिएकी थिइन् । उक्त कुकुरले प्रयोग गर्ने, चस्मा, कपडा लगायतका सामाग्री हजारौंको रहने गरेको छ । एलिसाका अनुसार फैबियोको खानामा मात्र मासिक १० हजारभन्दा बढि खर्च हुने गरेको छ ।






