गोर्खा । राहुल र स्मिताको जीवनमा एक सुखद मोड आएको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भित्र्याएका छन् । उनले स्मितालाई साथै लगेर सिन्दुर हालेका थिए ।
डिर्भोसपछि पनि राहुलले स्मितालाई फेरी स्वीकार गरेपछि सबैभन्दा खुशी राहुलकी आमा भएकी छिन् । उनका खुशीका आँशु रोकिएका छैनन् । स्मिताका बाबु पनि भारत बागडोगराबाट नेपाल आएका छन् । अहिले दुबै तिरको परिवारमा एक किसिमको खुशीको माहोल छ ।
दुबै परिवारले राहुल र स्मिताको पुनर्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । राहुलकी आमाले पनि छोरी सम्झेर माफ गरिदिएको बताएकी छिन् । उनले नातिनीका कारण यस्तो निर्णय गरेको बताइन् ।






