नेपालगञ्ज । हिन्दु महिलाहरुको महान ठूलो चाड तीजको पुर्व सन्ध्यामा तिज नृत्य प्रतियोगिता सगै फेसन शो र मिसेज नेपालगन्जको अडिसन हुने भएको छ । बिहीबार अर्थात आजैदेखि नेपालगन्जमा उक्त प्रतियोगिता शुरु हुने भएको हो । अवध मिडिया ग्रुप प्रा.लीद्धारा सन्चालित जी नेपाल फोरके टेलिभिजनले ५१ हजार पुस्कार राशीको तिज नृत्य प्रतियोगिता सगै फेसन सो र मिसेज नेपालगन्ज आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा गृहणी महीलाहरुले मात्र भाग लिन पाउने टेलिभिजन सन्चालक आशिष गुप्ताले जानकारी दिए । घरको काममा मात्र सधै ब्यस्त रहेने गृहणी महीलाहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगिताको अडिसन सिद्धार्थ कटेज नेपालगन्ज , मेरो प्लानेट नेपालगन्ज ,खजुरा मिनि पार्क र कोहलपुरको सेन्टर प्लाजामा हुने गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार यो प्रतियोगितामा नृत्य र फेसन सगै मिसेज नेपालगन्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । नृत्य सम्बन्धि यो सबैभन्दा ठुलो राशी पुरस्कारको प्रतियोगिता भएको समेत उनले दाबी गरे । यसका साथै यो कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन उनले सम्बन्धित सबै सरोकारावालाहरुलाई आग्रह गरेका छन् ।






