काठमाण्डौ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको सरकार सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी नेकपा एमाले हुँदै नेपाली काँग्रेस प्रवेश गरेका काँग्रेसी हुन् ।
उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । सरकारले दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिएसँगै अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्ष भएका हुन् । यसको घोषणा भने भोलि गर्ने तयारी भइरहेको छ । भुवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा सम्झना उप्रेती रौनियार, नरेश पौडेल रहेका थिए ।






