काठमाडौ । प्रविधीको यो जमानामा मोबाईल फोन मानिसहरुकोलागी अत्यावश्यक बस्तु बनेको छ । मानिसले मानिससंगको सम्बन्ध तोड्न सक्छन् तर मोबाईल बिना मानिसहरुको दैनिकी नै चल्न सक्दैन । त्यसैले मोबाईल प्रत्येक मानिसकालागी अत्यावश्यक बस्तु बनेको हो । मोबाईललाई ख्याल गर्दागर्दैपनि यो प्राय बिग्रीरहन्छ । मोबाईल बिग्रनु भनेको मोबाईल मालिकलाई तनाव हुनु हो ।
पछिल्लो समयमा कोरोना भाईरसका कारण धेरै मोबाईलहरु बिग्रीएका छन् । कोरोना भाइरसको संक्रमण उच्च भएको भन्दै यतिबेला मानिसहरु आफ्नो स्मार्ट फोनलाई पनि धमाधम सफा गरिरहेका छन् । सन् २०१७ मा प्रकासित भएको एक अमेरिकी मेडिकल जर्नलमा स्मार्टफोनमा पनि ब्याक्टेरिया र भाइरसहरु हुने कुरा सार्वजनिक भएको थियो ।
यस तथ्यले समेत स्मार्ट फोनमार्फत भाइरस सर्ने कुरा नकार्न सकिदैन । मानिसहरुले आफ्नो स्मार्टफोनबाट पनि हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राख्दै आफ्नो स्मार्टफोन तथा मोबाइल फोन लाई पनि सफा गरिरहँदा मुख्य यी १० कुरा ध्यान नदिए मोबाइन झनै बिग्रन सक्छ ।
आईफोन निर्माता कम्पनी एप्पलले आईफोन सफा गर्नका लागि आफ्ना यूजरहरुलाई स्प्रे क्लिनर्स सोझै प्रयोग नगर्न आग्रह गरेको छ । त्यसैले आईफोन यूजरहरुले आफ्नो स्मार्टफोन सफा गर्दा सावधानी अपनाउन आवश्यक रहेको छ । आफ्नो स्मार्टफोन सफा गर्दा कुनै पनि प्रकारको ब्लिचको प्रयोग नगरौँ ।
स्मार्टफोन सफा गर्दा भेनेगरको प्रयोग नगरौँ । आफ्नो स्मार्टफोनलाई तरल पदार्थमा नडुबाउननुस् । स्मार्टफोन सफा गर्नका लागि अल्कोहलको सिधै प्रयोग नगरौँ । स्मार्टफोन सफा गर्नका लाग ७० प्रतिशत हल्कोहल भएको किटनाशन वाइपको प्रयोग गरौँ । स्मार्टफोन सफा गर्दा नष्ट गर्न सकिने ह्यान्ड ग्लोभ्सको प्रयोग गर्ने गरौँ ।
स्मार्टफोन सफा गर्नको लागी नरम र सफा कपडाको मात्रै प्रयोग गरौँ । आईपी ६८ रेटिंगसँगै आउने र वाटर प्रुफ प्रिमियम स्मार्टफोनहरु साबुन पानी वा ह्यान्ड सेनिटाइजरले पनि सफा गर्न सकिन्छ । स्मार्टफोन सफा गरिसकेपछि आफ्नो हात पनि साबुन पानीले धुन नर्बिसौँ ।






