बाँके । बाँकेको खजुरा गाउँपालिकाद्धारा किसानलाई कृषि औजार (घाँस काट्ने मेसिन) वितरण गरिएको छ । किसानलाई सेवा उपलब्ध गराउने उद्येश्यले उक्त पालिकाले त्यस क्षेत्रका किसानहरुलाई विद्युतबाट घाँस काट्ने मेसिन उपलब्ध गराएको हो । सोमबार पालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल, खजुरा वडा नं. १ का वडा अध्यक्ष मनविर क्षेत्रीद्धारा पालिकाको ८० प्रतिशत र कृषि उद्यम कृषकको २० प्रतिशत लागतमा कृषी औजार वितरण गरिएको हो ।
खजुराका कृषक तुलाराम सापकोटा, गिता शाही र सरिता गुरुङलाई घाँस काट्ने मेसिन वितरण गरिएको खजुरा गाउँपालिका उद्यम विकास शाखाका प्रमुख आशा चौधरीले जानकारी दिईन् । खजुराका ५ जना किसानका लागि ल्याईएको कृषि औजार उक्त पालिकाका ३ जनालाई वितरण गरिएको छ । २ जनालाई २० प्रतिशत कृषि लागत नबुझाएको हुनाले पछि बुझाउने उद्यम विकास शाखा प्रमुख चौधरीले जानकारी दिईन् ।
खजुरा गाउँपालिकाद्धारा किसानलाई घाँस काट्ने मेसिन वितरण
खजुरा गाउँपालिकाद्धारा किसानलाई घाँस काट्ने मेसिन वितरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






