एजेन्सी । फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’बाट बलिउड डेब्यु गरेकी बलीउड अभिनेत्री अनन्या पाण्डेको एउटा लुक्स पछिल्लो समयमा सोशल मिडियामा निकै नै भाईरल बनिरहेको छ । केही समय अघिदेखि उनी लुक्सको कारणले चर्चामा आई रहेकी छिन् । थोरै समयमा बलिउडमा राम्रो पहिचान बनाउन सफल उनको सामाजिक संजालमा पनि फ्यान फ्लोइङ राम्रो रहेको छ ।
हालै उनले इस्टाग्राममा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिर इन्टरनेटमा भाइरल समेत भइरहेका छन् । तस्बिरको उनको लुक्सलाई फ्यानले रुचाएका छन् । तस्बिरमा अनन्या ब्लु रंगको लेहंगा र शिमरी चोलीमा देखिएकी छन् । यस ट्रेडिशनल आउटफिटमा उनी निकै बोल्ड अन्दाजमा प्रस्तुत भएकी छन् । कामको कुरोगर्ने हो भने अनन्या पछिल्लो समय फिल्म ‘खाली पीली’मा देखिएकी थिइन् ।
फिल्ममा उनी अभिनेता इशान खट्टरको साथ देखिएकी थिइन् । अनन्या पाण्डे कलाकार चकिं पाण्डेकी छोरी हुन् । उनले आफ्नो पहिचान बलीउडमा आफै कमाएता पनि प्राय उनी आफ्नो बाबुको नामले चिनिन्छिन् । खबरका अनुसार योपनि गसिप बलीउड बजारमा छ कि अनन्याले खेल्ने फिल्म उनका बाबु चकिं पाण्डले ओके गर्ने गर्छन् ।






