इटहरी । ‘जाहाँ गएपनि नन्दलाई साथी लिएर जा भन्दै थिएँ । आईहाल्छु नि त्यै पर बजारसम्म जाने त हो । भन्दै गएकी थिई । आजसम्म आएकी छैन । त्यसले मलाई घर न घाटको बनाएर बर्बाद पारी । ’ यो भनाई हो अञ्जनाकी आमा खिलमाया राइका मगरको । यी तीनै अञ्जना हुन् जस्ले आफ्नो नेपाल आर्मी श्रीमानलाई र आफ्ना सन्तानलाई छाडेर गएकी छन् । तनहुका राहुल र स्मीताको बिछोडको घटना सेलाउन नपाउँदै इटहरीमा बेम र अञ्जनाको घटनाले यतिबेला फेरी सामाजिक सञ्जाललाई तताएको छ ।
इटहरीकी अञ्जना राइका मगरले आफु बजार जान्छु भन्दै आमालाई भनेर निस्किएकी उनी गएको गयै भईन् । नन्दलाई साथी लिएर जा भन्दै आमाले भनि रहंदा अञ्जना आई त हाल्छु नि भन्दै बजार गएकी थिईन् । तर उनी अहिलेसम्म घर फर्किएकी छैनन् । उनको पर्खाइ न केवल उनकी बुढी भएकी आमाले गरेकी छन् उनको श्रीमानले समेत अझैंपनि उनको बाटो हेरी रहेका छन् । अञ्जना नेपाली लाहुरे बेम आले मगरको श्रीमती हुन् । बेम र अञ्जनाको सबैको सल्लाहमा नै मागी विबाह भएको थियो । उनीहरुको वैबाहीब वर्षगाँठको यो १० औं वर्ष चलिरहेको थियो ।
यति लामो समयसम्म अञ्जनाकै साथमा रहेका उनका श्रीमानलाई भने अञ्जनाप्रति लगाउनु पर्ने कुनै खोट छैन भन्छन् । उनको भनाईमा अञ्जनाको एउटै बानी थियो त्यो हो झट्टै रिसाई हाल्ने । तर त्यो बानी सामान्य मानिसमा हुने बानी भएको हुनाले उनको रिसाउने बानी आफ्नोलागी खासै ठूलो नभएको बेम बताउँछन् । यता एक्कैछिनको काम सकेर घर फर्किहाल्छु भनेकी छोरी आजसम्म नर्फकिंदा उनकी आमा खिलमाया राइका मगरको रोएरै दिनरात बितिरहेको छ ।
छोरीलाई छोर समान ठानेर घर बनाउनलाई आफुसंग भएको जग्गा समेत दिएर सहयोग गरेकी आमा खिलमायाको मनमा छोरीकै कारण साँच्चै नै खिल परेको उनी बताउँछिन् । उनी भन्छिन्,‘मेरो एउटा छोरा र एउटी छोरी मात्रै हो । छोरा अलि बिरामी छ त्यसैले मैले छोरीलाई छोरा ठानेर आफुसंग भएको १० धुर जग्गा दिएको थिएँ । मलाई बर्बाद पारेर गई ।’ खिलमाया एकल महिला हुन् । आफु एक्लो भएको र त्यसैमाथि छोरापनि बिरामी भईरहेको हुनाले उनले छोरी अञ्जनालाई विश्वास गरेको बताउँछिन् । भिडियोसहित






