काठमाडौ । नेपाली गीतसंगीत क्षेत्रकी चर्चित गायिका अञ्जु पन्तले दोश्रो विबाह गर्दैछिन् । उनले गीतकार थिर कोइरालासँग दोश्रो विबाह गर्ने भएकी हुन् । अञ्जुलाई यो विबाहकोलागी परितोषिका पन्तले मनाएकी हुन् । छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गर्ने लागेको भनिएता पनि अन्जु र थिरले एकअर्कालाई बुझ्नकोलागी विगत एक वर्षदेखि रिलेसनसीपमा रहेको कुरा बाहीरिएको छ ।
इलाम घर भएका कोइराला दुई दशकदेखि काठमाडौंमा छन् । दुबै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन् । तर विवाहको मिति भने तय हुन बाँकी रहेको उनीहरूले सञ्चारमाध्यमसँग जानकारी दिएका छन् । तीन वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसीप’ मा छन् । गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दशकअघि सम्बन्धविच्छेद गरेकी थिइन् ।
गायिका अञ्जु पन्तले कुराकानी गर्दै गायिका पन्तले भनिन्, ‘दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको छ ।’ उनले आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुने समेत बताइन् । इलामका थीरले भने, ‘बिहे गर्ने सहमतिमा पुगे पनि मिति तय हुन भने बाँकी छ। दुवै जनाको अनुकुल समय मिलाएर मिति तोक्ने छौं ।’ आजभन्दा ६ वर्षअघि थीर र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो ।
त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे । अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो । लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन् । काठमाडौ अघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक पनि हुन् । पत्रपत्रिकामा लेखसमेत लेख्दै आएका उनी हाल गैरसरकारी संस्थामा सञ्चालन गर्छन् ।






